कोरोना मुक्त भए सन्दीप लामिछाने



काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्।

उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा कोरोना संक्रमित भएका थिए । आफू कोरोनामुक्त भएको उनले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

संक्रमण पुष्टि भएसँगै सेल्फ आइसोलेसनमा बसेका उनी आइतबार श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्