आन्तरिक राजस्व विभाग सक्रिय



काठमाडौं, मंसिर १८ । पछिल्लो समय राजस्व छली एवम् चुहावटका घटना बढेको आकलन गर्दै त्यस्ता गतिविधिलाई रोक्न राजस्व अनुसन्धान विभागले सक्रियता देखाएको छ ।

राजस्व अनुसन्धान विभागले झूटा तथा नक्कली भ्याट बिल प्रकरणमा धनुषाको रमण कन्स्ट्रक्शन प्रालिसहित पाँच कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले रमण कन्स्ट्रक्शन कम्पनी तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद माग दाबी गर्दै मंगलवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

धनुषा, रघुनाथपुर–४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर अलपत्र पारेको अभियोगमा सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा समेत राख्दै आएको थियो । धरहरा पुनर्निर्माणको कामसमेत सो कम्पनीले पाएको थियो । उसले गरेको कामलाई सन्तोषजनक मानिएको छैन ।

यस कम्पनीका सञ्चालक बलराम महतो हुन् । उनका छोरा पवन र रमणसमेत सोही कम्पनीमा आबद्ध छन् । यस कम्पनीले मूल्य अभिवृद्धि कर ७ करोड ५४ लाख ७ सय ९, आयकर १२ करोड ११ लाख ३६ हजार ९ सय ९८ र लाभांश कर १ करोड ७५ लाख ७२ हजार ९ सय २१ रुपैयाँ चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्