पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन



काठमाडौ,मंसिर १८ । पूर्वगृहमन्त्री समेत रहेनुभएका नैनबहादुर स्वाँरको निधन भएको छ । काेराेना संक्रमण निको भएको केही दिनमै उनको बिहिवार ९५ वर्षको उमेरमा काठमाडौं बानेश्वरस्थित घरमा निधन भएको हो ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहनुभएका स्वाँरले जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गर्नुभएको थियो । पञ्चायतमा पनि उदार खेमामा रहनुभएको उहाँ जनमतसंग्रह पछि भने थापासँग नजिक हुनुभएको हो।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्