सिन्धुपाल्चोककी पेम्बा र उनकी छोरी मृत फेला, श्रीमान अचेत अवस्थामा



काठमाडौं, मंसिर १८ । सिन्धुपाल्चोककी २७ वर्षीय पेम्बा शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका छन् । बिहिवार बिहान गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा आमासँगै एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन । नयाँपाटीस्थित डेरामा मृत फेला परेका पेम्बाकि ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको हाल नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले दोर्जेको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । राति झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया दिनुहोस्