नेता पौडेलद्वारा बुल्दीखोलाको पुल उद्घाटन



तनहुँ,मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । विवादका बीच बुधबार गर्ने भनिएको पुलको उद्घाटन नेता पौडेलले बिहीबार दिउँसो गरेका हुन ।

उनी बिहिवार भएको पुल उद्घाटन समारोहमा सयौँ नेताकार्यकर्ताको उपस्थितिका साथ पुल उद्घाटन स्थलमा पुगेका थिए । उद्घाटन समारोहमा पौडेलका साथ कांग्रेसका केन्द्रीय सदस्यहरु गाेविन्द भट्टराइ, प्रदिप पाैडेल, शंकर भण्डारी कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेल लगायतका नेता तथा स्थानीय पुगेका थिए ।

बुधबार नेकपा कार्यकर्ताले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल प्रशासनको आग्रह नटेरी पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर तीन घण्टापछि छाेडेको थियो ।

प्रतिक्रिया दिनुहोस्