बाँकेका धनीराम २५ किलो गाँजासहित पक्राउ



बाँके,मंसिर १८ । जिल्लाको नरैनापुर गाउँपालिकाका एक पुरुष २५ किलो गाँजासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरैनापुर–४ जयरामपुरवाका ४५ वर्षीय धनिराम यादव रहेको प्रहरीले जनाएको छ। उनी बुधबार साँझ प्रहरीद्वारा पक्राउ परेका हुन ।

निजको घरमा गाँजा लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा गाँजा फेला पारी उनलाई पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्