थपिए १३ सय ४३ कोरोना संक्रमित, २१ सय ११ कोरोना संक्रमणमुक्त



काठमाडौं मंसिर १८ । देशभर १३ सय ४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ६३ हजार ९१९ पुगेको छ ।

२१ सय ११ कोरोना संक्रमणमुक्त

२४ घण्टामा २१ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख २० हजार २७२ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ ।

देशभरी सकृय संक्रमितको संख्या १५ हजार ७६६ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्