संखुवासभामा कुकुरको टोकाइबाट ६ जना घाइते



संखुवासभा, मंसिर १८ । जिल्लाको खाँदबारी नगरपालिकामा कुकुरले टोक्दा ६ जना घाइते भएका छन् । खाँदबारी नगरपालिका वडा नम्बर ३ मानेभञ्ज्याङ बजारमा बहुला कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय पुरन विश्वकर्मा, बालकुमार घिमिरे,हिमला राई, रोहित पौडेल, विमान रसाईली र एक सात वर्षीय बालक रहेका छन् । केही दिन अघिदेखि कुकुरले स्थानीयलाई जथाभाबी टोक्दै हिँडेको प्रहरीले जनाएको छ ।

कुकुरको टोकाइबाट गम्भीर घाइते सात वर्षीय बालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कुकुरबाट थप पशुचौपाया समेत आक्रमणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्