नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु, कुल मृतक संख्या १५५१ पुग्यो



काठमाडौ,मंसिर १८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जित्न सफलको संख्या भने दुई हजार एक सय ११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्