उपत्यकामा थप ५ सय ६१ संक्रमित थपिए



काठमाडौं, मंसिर १८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय ६१ जना थपिएका हुन ।

त्यसैगरी पछिल्लो २४ घन्टामा २१११ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या २ लाख २० हजार २ सय ७२  रहेको छ ।

बिहिवार काठमाडौं उपत्यकामा थपिएका ५ सय ६१ जना मध्ये ४५५ जना काठमाडौंका, ललितपुरका २६ र भक्तपुरका ८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्