नुवाकोट लिखुका विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री खरिदका लागि १० लाख सहयोग



नुवाकोट,मंसिर १८ । नुवाकोट जिल्लाको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयलाई स्वास्थ्य सामाग्रीको खरिदका लागि गाउँपालिकाले १० लाख रकम प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सेवा क्षेत्रका सामुदायिक तर्फ १७ वटा र संस्थागत तर्फ ७ वटा बिद्यालयलाई एकमुष्ट १० लाख रुपैया प्रदान गरेका हुन । जस्मा सामुदायिक विद्यालयलाई ६ लाख ६९ हजार ४ शय १५ र संस्थागत विद्यालयलाई ३ लाख ३० हजार ५ शय ८५ रुपैया रहेको छ ।

रकम हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष श्रेष्ठले गाउपालिकाको प्रमुख दायित्वनै शिक्षा र स्वास्थ्य रहेको बताए । सोही अनुरुप विकास निर्माणको रकम कटौती गरेर भएपनि लामो समयपछि सञ्चालनमा आएको विद्यालयलाई उक्त रकमले कोभिड विरुद्ध लडन सघाउ पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उपलब्ध रकम १ महिनाको लागी भएपनि यस कार्यक्रम लाई निरन्तरता दिने बताइएको छ ।

लिखु गाउपालिकाले सामुदायिक र संस्थागत बिद्यालय भनेर नछुट्टाई उक्त रकम उपलब्ध गराएको उनको भनाई छ । गाउपालिका बाट उपलब्ध गराईएको रकम सामुदायिक तर्फ बाट महेन्द्र महेशदेव माबि का प्रधानाध्यापक मदन श्रेष्ठ र संस्थागत तर्फ नथएस्टार इङ्गिलस बोर्डिङ स्कुलका प्रधानाध्यापक तोयानाथ पोखरेलले बुझेका थिए । चेक लिदै प्रधानाध्यापक श्रेष्ठले उक्त रकमले १ महिना मात्र पुग्ने भएकोले बाकी महिनामा पनि रकम उपलब्ध गराउन आग्रह गरेका छन् । साथै गाउपालिकाले दिएको रकम बिधार्थीको हक हितको लागी मात्र प्रयोग हुने प्रत्तिबद्धता ब्यक्त गरे ।

यस्तै संस्थागत बिद्यालयको तर्फ बाट नर्थ स्टार इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तोयानाथ पोखरेलले संस्थागत बिद्यालहरुको पनी अभिभावक भएको महशुस भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्