रुसमा एक लाख बढीलाई कोरोनाको खोप दिइयो



एजेन्सी,मंसिर १९ । रुसमा एक लाख भन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । गएको अगष्टमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी एक लाख बढीलाई दिइएको हो ।

अगष्ट ११ मा रुसले प्रयोगमा ल्याएको खोप प्रभावकारी भएको भन्दै थप नागरिकलाई खोप दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यससंगै कोरोनाविरुद्ध खोप लगाउने रुस विश्वको पहिलो देश भएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्