नेपालमा बिहीबारभन्दा शुक्रबार ३०३ सक्रिय सङ्क्रमित घटे, २४ घण्टामा थप १६ जनाको मृत्यु



काठमाडौँ मङ्सिर १९ । देशभरमा बिहीबारभन्दा शुक्रबार ३०३ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७२ जना सङ्क्रमित हुँदा एक हजार ५७५ जना सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

थपिएका सङ्क्रमितमध्ये पुरुष ७८८ र महिला ४८४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ६०६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९९६, ललितपुर एक हजार २५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।

प्रतिक्रिया दिनुहोस्