वाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं,मंसिर २० । नेपालमा भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

शनिबार राती देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्