हुम्लामा जीप दुर्घटना, ४ को मृत्यु, ७ घाइते



हुम्ला,मंसिर २० । हुम्ला जिल्लामा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुकबार भएको दुर्घटनामा एक जना बच्चासहित सात जना घाइते भएका छन् ।

लु २ च २१०२ नम्बरको बलेरो जिप हेप्काखोलाबाट बिरामी लिएर आउँदै गर्दा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राति ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे । दुर्घटनामा एक जना महिलासहित चार जनाको मृत्यु भएपनि मृतकको सनाखत भने भैसकेको छैन ।

घाईते हुनेहरुमा सिमकोट- २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट- ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट -८ खोल्सिकी कल्पना सिंह, सिमकोट- ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट – ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका -१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्