राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारद्वारा एक वर्ष थप गर्ने निर्णय



काठमाडौं, मंसिर २० । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको हो।

चालु आर्थिक वर्षभरि प्राधिकरणले बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ त्यस्तै पाँच महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायत काम गर्नेछ ।

आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन्।यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो चौमासिक साउन–कार्तिक को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ।

प्रतिक्रिया दिनुहोस्