सिरहामा थप एक संक्रमितको मृत्यु



सिरहा,मंसिर २० । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको रहेका छन् ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लगिएकामा उनीको पीसीआर परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उपचार हुँदाहुँदै शुक्रबार राति उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । योसँगै सिरहा जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्