शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाइ



वासिङटान मङ्सिर २० । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताएका छन् । उनले यसरी यी दुई पक्षबीच शान्ति वार्ता जारी नै रहेका बेला यता अफगानिस्तानमा ठूलो हिंसा हुँदा यसबाट सो वार्ता भड्किने पनि सक्ने बताइएको छ ।

विदेशमन्त्री पोम्पेओले शान्ति वार्ता जारी नै रहेका बेलामा ठूला प्रकृतिका हिंसा बढ्दा त्यसले वार्ता नै भंग हुनसक्ने बताएका छन् । विदेशमन्त्री पोम्पेओले शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सो कुरा बताएका छन् । उनले यस विषयमा भने थिए– जस्तो कि अफगानिस्तानको विषयमा शान्ति वार्ता कतारको राजधानी दोहामा शुरु भएको छ त्यसैले एकातर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ देशभित्र हिंसा पनि गर्ने काम गर्न मिल्दैन, यस्तै कसैले पनि गर्नु हुँदैन ।

तालिबान सरकार र तालिबानबीच गत सेप्टेम्बर १२ देखि कतारको दोहामा शान्तिवार्ता शुरु भएको थियो । सो वार्ता अहिले पनि जारी रहेको बताइएको छ । यस वार्तामा दशकौं लामो गृहयुद्ध अन्त्य गर्ने उपायका बारेमा छलफल हुँदैछ । अफगान गृहयुद्धमा हालसम्म दशौं हजार नागरिकको ज्यान गइसकेको छ । तर अफगान सरकारले भिन्न प्रस्ताव अघि सारेको छ । सरकारले कुनै धार्मिक कुरासँग सम्बन्धित विषय उठे त्यसलाई हनाफी न्यायप्रणालीबाट सम्बोधन गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्