थप १० जनाको कोरोनाबाट मृत्यु, देशभर हालसम्म १५७७ ले ज्यान गुमाए



काठमाडौ,मंसिर २० । नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ७७ पुगेको छ । आज देशभर एक हजार २४ जनामा कोरोना पुष्टि भएको छ भने दुई हजार दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको छ। आज देशभर १४ हजार दुई सय २५ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्