सचिवालय बैठक सकियो, आइतबार अध्यक्षद्वयको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने



काठमाण्डौ,मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । शनिबारको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित भोलीको बैठक कायमै राख्ने निर्णय गरेको बताइएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारको सचिवालय बैठकले विवादसम्बन्धमा निष्कर्ष निकाल्न नसकेको बताइएको छ । आइतबार एक बजे स्थायी कमिटी बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने र सोही स्थानमा अध्यक्षद्धयको प्रतिवेदनमाथि छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए ।

पार्टीको संकट निवारणका लागि स्थायी कमिटि बैठक आवश्यक रहेको उनको भनाई छ । शनिबारको सचिवालय बैठक अघि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । यसअघि बुधवारको बैठक भने प्रधानमन्त्री ओलीले बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्