अब टिकटक प्रयोगकर्ताले तीन मिनेटको भिडियो अपलोड गर्न सक्ने



काठमाडौ,मंसिर २० ।भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । तर यो अहिले प्रारम्भिक चरणमा भएकाले पहुँचको चरण सिमित रहेको बताइएको छ।

नयाँ सेवा प्राप्त गर्नका लागि एम अपडेट गर्नुपर्ने विदेशी सञ्चारमाध्यमहरुमा बताइएको छ । अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

नयाँ सेवा शुरु भएपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्