मिस नेपालको ताज नम्रता श्रेष्ठलाई



काठमाण्डौ,मंसिर २० । मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रगाले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

नम्रता किन्डरगार्डेन शिक्षिकासमेत हुन।उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । काठमाडौंकी १९ वर्षीय नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् । मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् ।

‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।

प्रतिक्रिया दिनुहोस्