डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ५ घाइते



डोटी,मंसिर २१। जिल्लामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम दिपायलबाट डोटीको बोगटान फुड्सिल तर्फ जाँदै गरेको म १ स ५५० नम्बरको महेन्द्रा जिप गए राति १ बजे बोगटान फुड्सिल गाउँपालिका ७ सेउणीखेत पिउसिया भिरमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका ७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको र केआइसिंह गाउँपालिका ४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

यसैगरी घुर्टनामा घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका ६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका १९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका ७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

सडकबाट दुई सय मिटर तल खसेको जीप दुर्घटनामा परि ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्