४६ औं दिक्षान्त समारोहमा माथिल्लो तहका विद्यार्थी मात्र



काठमाडौ, मंसिर २१ । त्रिभुवन विश्वविद्यालयले यसवर्षको दीक्षान्त समारोहमा पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थीलाई मात्र सहभागी गराउने भएको छ । कोरोनाको माहामारीका कारण माथिल्लो तह र गोल्ड मेडल प्राप्त सीमित विद्यार्थीलाई मात्र सहभागी गराएर त्रिवीले समारोह आयोजना गर्न लागेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम. फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने बताउनुभयाे ।

अगामी पुस ६ गते विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोह आयोजना हुँदैछ । पुस सात गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने जनाइएको छ । 

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्