दोलखामा बोलेरो दुर्घटना, चालकको मृत्यु



दोलखा,मंसिर २१ । जिल्लाको चिलङ्खामा आइतबार बिहान बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीशकंरगाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ रहेका छन् ।

बिहान ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हाे ।

गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्