ओलीलाई सात दिनको समय, स्थायी कमिटी बैठक २८ गते बस्ने



काठमाडौं, मंसिर २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । दुई घण्टासम्म बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्ड तथा सचिवालय सदस्यहरुले बोलेका थिए ।

बैठकमा उपस्थित सबैले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने र त्यसका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहभागी बनाउने विषय उठेको थियो ।

ओली आइतबारको बैठकमा सहभागी नभएपछि उनलाई सात दिनको समय दिइएको बुझिएको छ । २८ गते आफ्नो एजेन्डासहित प्रस्तुत हुन ओलीलाई आग्रह गर्नेगरी बैठक सारिएको बुझिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले २८ गतेका लाग बैठक सारिएको जानकारी दिए । केन्द्रीय कमिटी बैठक पनि ५ पौषमा हुने गरी सारिएको श्रेष्ठले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्