हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण



हुम्ला,मंसिर २२ । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षार्कीहरुलाई कन्टयाक्ट टेसिंङका आधारमा स्वाव संकलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर चेक गरिएको हो ।

१२ जना सुरक्षाकर्मीको १९ गते स्वाव संकलन गरी पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये एकजनाको रिर्पोट नेगेटिभ आएको र अन्य ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति डेराले जानकारी दिनुभयो ।

यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ, भने निको हुनेको संख्या ६७ रहेको छ ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका बिद्यालहरु पुनः बन्द गरिएको छ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।

आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वाटरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

हुम्लामा हाल सम्म सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ । हालसम्म हुम्लामा ७८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ६७ जना निको भएर घर फिर्ता भएका छन् । हुम्लामा पहिलो पटक असोज तीन गते एक जना महिलामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्