दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा



काठमाडौ, मंसिर २२ । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही गरिने बताएको हो ।

आइतबार मन्त्रालयका बसेको इन्सिडेन्ट कमाण्ड समितिको बैठकले दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको हो  । कोरोना बहानामा नाम चलेका अस्पतालको पनि उजुरी परेको मन्त्रालयले जनाएकाे छ ।

बैठकले सातै प्रदेशमा उच्चस्तरीय समिति एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्र्सिङ समिति, सुचना समिति तथा मेडिकल टास्क फोर्म समिति निर्माण गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको बताइएको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्