पोखरामा सहकारीद्वारा ३५ लाख लगानीमा मन्टेश्वरी विद्यालय सञ्चालन



पोखरा,मंसिर २२ । जिल्लास्थित एक सहकारीले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको छ । प्रस्र्याङ धारापानी मार्ग स्थित धारापानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको हो ।

२ रोपनी जग्गा भाडामा लिइ ३५ लाखको लगानीमा ९ कोठे भवनसहितको मन्टेश्वरी संचालनमा आएको छ । वि.सं  २०७६ मा स्थापना भएको मन्टेश्वरीमा यसै शैक्षिक सत्रबाट कक्षा शुरू हुने जनाइएको छ ।

सहकारीको शेयर पुँजी ८९ लाख ५० हजार रहेको छ भने  एक करोड विभिन्न क्षेत्रमा कर्जा भएको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्