दार्चुलामा ट्रक दुर्घटना, ३ को मृत्यु



दार्चुला, मंसिर २२ । जिल्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा आइतबार दुर्घटनामा परेको हो। उक्त ट्रक शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिंह कार्कीको रहेका छन् , भने बाँकी दुई जनाको परिचय खुल्न सकेको छैन ।

आइतबार राति १० बजे ट्रक दुर्घटना भएको सुचना पाएसँगै धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो।

राति १२: ३० बजे ट्रक खोल्सामा खसेको र तीन जनाको मृत्यु भइसकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै १ सय २० मिटर तल खसेको थियो । चालकको  भने लाइसेन्सको आधारमा पहिचान खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्