डीडीसीले उत्पादन गरेको घिउ जापान निर्यात



सिरहा, मंसिर २२ । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।

अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उनल बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुणस्तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाको भनाई छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् ।डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस्