नेपाल हिन्दुराज्य हुन सक्दैन



योगेन्द्रसिंह तामाङ
धर्म मानिसले अंगीकार गर्ने शान्ति र सुखको मार्ग हो । देशमा हिन्दुराज्य माग गर्नु ईतिहासक‍ो अपमान र तिरस्कार हो । खस आर्य, जनजाति र मधेसीको-हिमाल, पहाड र तराई मुटु रहेको छ । बाहुजातीय,बहुधार्मिक,बहुभाषिक र बहुसंस्कृतिक मुलुक नेपाल अभिभाज्य र सर्बभौम राष्ट्र हुन् । ६५ वर्ष लामो त्याग तपस्या र बलिदानले वर्तमान संविधान प्राप्त भएको छ । यो संविधानले सम्पूर्ण नेपाली जनताको समान विकास र सम्मान स्वरुप धर्म निर्पेक्षाको व्यवस्था गरेको छ । तर अहिले हिन्दुराज्य नाममा जनतलाई पुन विभेद र अपमाको दलदलमा फसाउने षड्यन्त्र कोसिस गरिरहेको देखिन्छ ।

नेपाल देशको भुगोल र ईतिहास अध्ययन गर्दा छर्लङ्ग हुन्छ । यो भुगोलमा विभिन्न जातजातिको राज्य र बसोबास थियो । हामी किरातकालीन समय हुँदै लिच्छविकालबाट लिखित ईतिहास पाउँछौं । काठमाडौं उपत्यका मल्लकालीन समय, पूर्वमा किरात वा लिम्बुवान, उपत्यका वरिपरि तामाङ जातिको गणराज्यहरु, पश्चिम नेपालको मगरात, थारुवान, खसान मधेसको मिथिला भोजपुरा, अवध वा कति ठाउँका ठकुरी (शाहहरु) र सेनहरुको ससाना राज्यले भरिएको हिमाल,पहाड र तराई हाम्रो देश हो ।

यसलाई बिर्सन मिल्दैन। पृथ्वीनारायण शाहले भौगोलिक एकिकरण गर्‍यो । त्यो रक्तपात पुर्ण लडाइँ रह्यो । यसलाई नेपाली जनताले अन्यथा नलिई सहजरूपमा लिएका छन् । तर यसको अर्थ बहुसंख्यक ऐतिहासिक जातजाति धर्म ,भाषा,संस्कृति र सभ्यता हत्या गर्ने कार्य स्वीकार्न सकिँदैन । अहिलेको विश्वमा पहिचान (सभ्यता)को द्वन्द्व प्रमुख बनिरहेको छ । यस समयमा नेपालीहरु स्वाभिमन र समानताको युगबाट पछि हटन सकिँदैन । वास्तविक ईतिहास हेर्ने हो भने बुद्ध जन्मेको देश नेपालमा पहिला धेरै बोन र बुद्धिष्ट थिए । शंकरचार्याहरुले नेपालका धेरै बौद्ध धर्मालम्बीको नष्ट गर्‍यो । वर्तमान खसहरु जुन कुल संख्या बाहुनहरुभन्दा ४% बढिछन् । उनीहरु १६% प्रतिशत छन् ।

जो बोन वा मष्टा धर्मका अनुनायीहरु अहिले धेरै हिन्दुकरण गरियो । नेपाल अधिकांश जनजातिहरु हिन्दु धर्म मान्दैन । अब अन्तर्राष्ट्रिय रुपमा सबै धर्म र संस्कृति बिस्तार छ । कुनै धर्म ठूलो वा राम्रो भन्ने बहस मिथक र हल्ला मात्रै हुन् । युरोप, अमेरिकमा समेत बौद्ध र हिन्दू धर्म फैलिएका छन् । नेपाली जनताले पुरानो ईतिहासका तिक्तता बिर्सेका छन् । फेरि समान्ती र जंगली एकल धार्मिक राज्यको दुस्साहस भएमा ठूलो दुर्भाग्य हुनेछ ।

२१ औं शताब्दीको चेतनशील जनताले स्वाभिमान र सम्मानका खातिर भयंकर लडाइँ लडनेछ । जुन न राष्ट्र र जनताको माग होइन । हिन्दुराज्य माग भनेको गृहयुद्ध र सामाजिक द्वन्द्व हो । अहिले कुनै हिन्दु मठमन्दिर र ब्राह्मणप्रति जुन सद्भाव/सम्मान छ । यसलाई जोगाएर नेपाली जनतालाई समाजवाद राष्ट्र बनाउन जरुरी छ । यस्का लागि ऐतिहासिक संबिधानको धर्म निरपेक्ष अनिवार्य छ । यसको विकल्पमा हिन्दुराज्य किमार्थ संभावना छैन ।

प्रतिक्रिया दिनुहोस्