विवाह बन्धनमा बाँधिए रमेश प्रसाईं
काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् ।
प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् ।
प्रेम सम्बन्धमा रहेका प्रसाईं र नन्दाले धरानमा विवाह गरेका हुन् । नन्दा समाजसेवी हुन् । नन्दाले काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ सञ्चालन गर्दै आएकी छिन् ।