कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा कुल मृत्यु संख्या १६१४



काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घन्टामा नयाँ संक्रमित १ हजार १४ जना थपिएका छन् । पछिल्लो २४ घण्टा समयावधिमा १६ सय २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४१ हजार ९ सय ९५ संक्रमित भएपनि २ लाख २७ हजार ४ सय ३३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ९ सय ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पिसीआर परिक्षण भएको छ भने त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय २७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्