उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए



काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा देशभर १ हजार १४ जना थपिएकोमा काठमाडौमा मात्र ४ सय ४२ जना थपिएसँगै जोखिम बढेको छ ।

हालसम्म कोरोनाबाट मुक्ति पाउनेको संख्या भने २ लाख २७ हजार ४ सय ३३ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्