वरिष्ठ गायक जगतमर्दन थापाको निधन



काठमाडौँ,मंसिर २२ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा  निधन भएको उनका छोरा मोहितमर्दनले गरेका छन् ।

रेडियो नेपालबाट वि.सं २०१३ सालबाट नै सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । बृद्ध अवस्थामा सम्म पनि संगीत अध्यायलाई निरन्तरता दिएका उनले ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।

कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए ।थापाको निधनप्रति बिभिन्न कलाकर्मीलगायतले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्