प्युठानमा रुखबाट लडेर एकको मृत्यु



प्युठान, मंसिर २३। प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएम रहेका छ्न । सोमबार घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्