नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, कुल मृतक संख्या १६३७



काठमाडौं, मंसिर २३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नयाँ संक्रमित १३ सय ८२ थपिएका छन् । त्यस्तै चौबीस घण्टा समयावधिमा १६ सय २१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ४३ हजार ३ सय ७७ संक्रमित भएपनि २ लाख २९ हजार ५४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ६ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १७ लाख ९९ हजार ८ सय ८६ जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या ५ सय २३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्