उपत्यकामा पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिए



काठमाडौं, मंसिर २३ । उपत्यकामा पछिल्लो २४ घण्टा समयावधिमा ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये २६३ महिला र ३३१ जना पुरुष रहेका छन् ।

बितेको १४ घण्टामा १६ सय २१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म २ लाख २९ हजार ५४ सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा हालसम्म १९ लाख ९९ हजार ६ सय ८६ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । बितेको २४ घन्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्