नुवाकोटको तादी गाउँपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण



नुवाकोट मंसिर २३ । तादी गाउँपालिकाद्वारा अनलाइनमा आधारित वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको अनलाइनमा आधारित वक्तृत्वकाल प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरु मंगलबार पुरस्कार वितरण गरिएको हो । वडाध्यक्ष बच्‍चुराम तामाङले प्रथम प्रशंसा तिवारी, द्वितीय रोनिशा लामिछाने र तृतीय रुपेश रिजाललाई मंगलबार तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेतीबाट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना साथ पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा शिक्षा शाखा अधिकृत खगेन्द्रसिंह धामी, शिक्षा संयोजक येदुप्रसाद चौलागाईंलगायत विद्यालयका प्रधानाध्यापक राजन पाठक, अमर श्रेष्ठ, नारायण भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्