मोरङका एक शिक्षकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला



विराटनगर,मंसिर २३ । मोरङका एक शिक्षकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा फेला परेको हो ।

यसअघि ५४ वर्षीय शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको समाचार सार्वजनिक भएको थियो । तर झण्डै सात घण्टापछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा फेला परेको जानकारी गराएको हो ।

मंगलबार बिहान ७ बजेतिर ४र५ जनाको समूहको टोलीले श्रेष्ठलाई अपहरण गरी लगेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ।

हाल इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको छ ।

श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको आशंंका गरिएको छ । तर घटनाको प्रकृति हेर्दा अपराधिक समूहको काम हुनसक्ने प्रहरीको भनाइ छ । केही दिनअघि प्रहरीले मिक्लाजुङबाट विप्लव समूहका दुईजना नेतालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्