नुवाकोटको ककनीमा महिलाहरुलाई सीपमूलक तालिम



नुवाकोट मंसिर २३ । जिल्लाको ककनी गाउँपालिका वडा न. ८ स्थित पुतली चौतरा कृषि सहकारीमा महिलाहरुलाई विभिन्न सीपमूलक तालिम दिइएको छ ।

वडामा विभिन्न सीपमूलक सिपहरु सिकाइ योग्य महिला जनशक्ति उत्पादन गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो । सहभागीहरुलाई गाउँपालिका प्रमुख मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा र गाउँ पार्टी कमिटी अध्यक्ष रामहरि श्रेष्ठको उपस्थितिमा प्रमाणपत्र र प्रशिक्षकहरुमा सम्मान पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सम्बोधनमा उपाध्यक्ष र गाउँ कमिटीका अध्यक्ष रामहरि श्रेष्ठले पनि अब सबै वार्डमा लागू हुने गरी विभिन्न सीप प्रशिक्षक झिकाइ उमेर र योग्यताको हकमा सिपहरु सिकाउने प्रतिबद्धता व्यक्त गरे । आज समाजमा भइरहेको महिला हिंसाप्रति लक्षित गर्नै उपाध्यक्ष लामाले महिलाहरुमा अब दक्ष र योग्य बनाइ पुरुषले कुनै कुरामा कमि औंल्याए कमजोरी देखाउने प्रवृत्तिबाट टाढा राख्ने ठाउँ फराकिलो हुने दिन अब छिटो आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्