बैतडीमा अनौठो शिशुको जन्म



बैतडी, मंसिर २४ । बैतडीमा अनौठो शिशुको जन्म भएको छ। जिल्लास्थित सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले एक अनौठो शिशुलाई जन्म दिएकी हुन ।

विकको पहिलो सन्तानको रुपमा जन्मिएको उक्त शिशुको मलद्धार र ओठ छैन । ९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए।  शिशुको अवस्था भने सामान्य रहेको छ । बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन् ।

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्