जलविद्युतमा लगानी गर्ने रूसको इच्छा



काठमाडौं, मंसिर २४ । नेपालको जलविद्युत् क्षेत्रमा रूसले ठूलो मात्रामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । रूसका दुईओटा बैंकले जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् ।

नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको एक टोलीले मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा राजदूतको टोलीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा देखाएका हुन् ।

भेटवार्तामा रूसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रि«यल बैंकले नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिएका हुन् । उक्त लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधिमण्डलले बताएको छ ।

राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । साथै, विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीले चासो राखेको मन्त्रालयले बताएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्