शौचालयमा बालिका बलात्कृत, ६३ वर्षीय बृद्ध पक्राउ



उदयपुर,मंसिर २४ । जिल्लामा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६३ वर्षीय सुर्य पोखरेल रहेका छन् । बेलका नगरपालिका ९ रामपुरठोक्सिलाका बालिकालाई सोमबार दिउँसो करिव ३ बजे ललाई फकाई सिटी हलको शौचालयमा बलात्कार गरेको आरोप पोखरेललाई छ ।

प्राप्त समाचार अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिक कोही नभएको मौकामा ललाई फकाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज हरि खड्काले बताए ।

पक्राउ परेकोलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको थप म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो चार महिनामा १९ जना महिला तथा बालिका बलात्कृत भएको तथ्याकंले देखाएको छ भने १० जना जबरजस्ती करणी उद्योगमा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्