बितेको २४ घण्टामा १ हजार ५६ संक्रमित थपिए



काठमाडौं, मंसिर २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३० हजार ५ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्