नुवाकोटमा कोरोना संक्रमितको संख्या ९२८ पुग्यो



नुवाकोट,मंसिर २४ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय २८ पुगेको छ। बितेको २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कुल संक्रमित संख्या ९२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

पछिल्लो समय जिल्लाका ४३ जनाको पिसिआर परिक्षण हुँदा १० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ जना विदुर नगरापालिकाका, २ जना सुर्यगढी गाउँपालिकाका, वेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाका एक/एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये ७ पुरुष र ३ महिला रहेका छन् ।

त्यस्तै जिल्लामा कोरोनामुक्त हुनेको संख्या भने ६ सय ५१ जना पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोना मुत्त भएर घर फर्कनेको संख्या ६ सय ५१ पुगेको हो ।

हालसम्म नुवाकोेटका ७ हजार ९ सय ९१ जनाको पिसिआर परिक्षण हुँदा एक जनाको कोरोनाको कारण ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्