चिडियाखाना बिहीवारदेखि खुल्ने



काठमाडौं,मंसिर २४ । लामो समयदेखि बन्द भएको काठमाडौंको सदर चिडियाखाना भोलि (बिहीबार) देखि खुल्ने भएको छ । गत चैतदेखि कोरोना भाइरसको महामारीका कारण बन्द रहेको चिडियाखाना विभिन्न स्वास्थ्यका मापदण्ड अपनाउदै खोल्न लागिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार चिडियाखाना भित्र होहल्ला मनोरञ्जनात्मक गतिविधिका साथ धेरै समय व्यतीत गर्न पाइने छैन । भीड कम हुने तरिकाले बढीमा एकदेखि डेढ घण्टा मात्र घुम्न पाइने व्यवस्था गरिएको उनले बताए।

बुधबारदेखि नै अग्रिम टिकट ब्यवस्थापन सुरु भएको चिडियाखाना प्रवेशका लागि पहिले जस्तो लाइन लाग्ने झन्झट नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्