पक्राउ परेका सबै पत्रकार रिहा



काठमाडौं,कात्तिक १३ । आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको हो।

मन्त्री तिमल्सिनाले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्