नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुल्यो



काठमाडौँ, कात्तिक १३ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मङ्सिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

टेलिकमले नवौँ तहमा उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत एक–एक जना माग गरेको छ।

त्यस्तै, टेलिकम इन्जिनियर १० जना, सहायक प्रशासकीय अधिकृत ९ जना, टेलिकम टेक्निसियन ९ जना, चौथो तहका सहायक १७ जना र तेस्रो तहका जुनियर टेक्निसियन १२ जना माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्